नियम ७७ख
जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवा
निजामती कर्मचारीको जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्दा
ऐनको दफा २४घ१क. बमोजिम बढुवा हुने पद भन्दा एक श्रेणी मुनिको पदमा सबै भन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई
बढुवा गरिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा हुने पद भन्दा एक श्रेणी मुनिको पदमा समान सेवा
अवधि हुने निजामती कर्मचारीको जेष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ ः-
(क) हाल बहाल रहेको श्रेणी भन्दा एक श्रेणी मुनिको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम जेष्ठता नछुट्टिएमा हाल बहाल रहेको पदमा बढुवा समिति वा लोक सेवा आयोगको सिफारिसको योग्यताक्रमको आधारमा,
तर खुल्ला प्रतियोगिता र बढुवाको एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने खुल्ला प्रतियोगिताबाट सिफारिस भएको निजामती कर्मचारीको जेष्ठता कायम गरिनेछ ।
(ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारबाट जेष्ठता नछुट्टिएमा उमेरको जेष्ठताको आधारमा ।